विश्व आत्महत्या रोकथाम दिवस वीरगंजमा पनि मनाईयो

वीरगंज २४ भदौ । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आज वीरगंजमा चेतना मुलक र्याली प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

डा.भरत कुमार गोईतको नेतृत्वमा वीरगंजका युवाहरुद्वारा वीरगंजको घण्टाघरबाट निकालिएको र्यालीले नगर परिक्रमा गरेको थियो ।

र्याली पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मनोरोग तथा नशा रोग विशेषज्ञ डा.भरत कुमार गोईतले नेपालमा समेत आत्महत्याको दर प्रति बर्ष बढदै गएको प्रति चिन्ता व्यक्त गर्दै यसलाई रोकथाम गर्न सबैजना आ-आफ्नो क्षेत्रबाट जुटनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा डा.अरुण कुमार सिंह, डा.उदयनारायण सिंह लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण मनोज साहले गर्नु भएको थियो ।

error: Content is protected !!