सशस्त्र प्रहरीद्वारा सिमा क्षेत्रमा कडाई,भन्सार छलीका लाखौ मुल्यका समान बरामद

वीरगञ्ज,१९ भाद्र । सशस्त्र प्रहरीले पर्सा जिल्लाको विभिन्न नाकाहरुबाट भन्सार चोरी पैठारी गरी नेपाल भित्रयाइएको लाखौ मुल्यका समानहरु बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १४ गुल्म हेड क्वार्टर राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मबाट खटिएको गाडी मोबाइल टोलीले नियमीत गस्तीका क्रममा अवैध रुपमा भन्सार छली गरेर ल्याइएको लत्ता कपडा तथा किराना समानहरु नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

बरामद भएको लत्ता कपडा तथा किराना समानहरुको मुल्य १ लाख ५१ हजार रुपैया बराबरको रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

बरामद भएको समानहरुलाई आवश्यक कार्यवाहीका लागी वीरगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरिक्षक उमेशजंग कार्कीले बताउनु भयो ।

भन्सार राजश्व चुहावट नियन्त्रणका लागी खटिएको सशस्त्र प्रहरीको भन्सार स्थीत गुल्मले मुख्य भन्सार लगाएतका नाकाहरुमा सुरक्षा चेकजाचमा कडाई गरेको छ ।

error: Content is protected !!