सेनालाई धन्यबाद दिदै रक्षामन्त्रीले घर हस्तान्तरण गरे

वीरगञ्ज,१८ भाद्र । बारा र पर्सामा गत चैत १७ गते आएको विनाशकारी हावाहुरी टर्नाडोबाट प्रभावित परिवारका लागि बनाइएको घर बुधबार रक्षामन्त्री ईश्वर पोखरेलले हस्तान्तरण गरेका छन् ।

वीरगञ्ज स्थीत होेटेल भिष्वामा आयोजित जनता आवास पुनर्निर्माण कार्यक्रम समापन तथा हस्तान्तरण समारोहमा हुरी प्रभावित बारा र पर्साका स्थानीय तहका प्रमुखलाई कार्यवाहाक प्रधानमन्त्री समेत रहेका रक्षामन्त्री पोखरेलले नमुना घर हस्तान्तरण गरेका हुन् ।

बाराको फेटा, परवानीपुर, सुवर्ण गाउँपालिका र गढीमाई नगरपालिकाको तेलगाईका हावाहुरी पीडितका लागि बनाइएको घर तयार भइरहेको छ ।

त्यसैगरी पर्साको वीरगञ्ज महानगरपालिकाको जगरनाथपुरमा पनि हावाहुरीले घर भत्काएको थियो । नेपाली सेनाले ती घर बनाएको हो । मन्त्री पोखरेलले समयमै घर निर्माण गरेकोमा नेपाली सेनालाई धन्यवाद दिनु भयो ।

हावाहुरी पीडितका लागि निर्माण गर्ने घरको गत २१ चैतमा शिलन्यास भएको थियो । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।

error: Content is protected !!