सशस्त्र प्रहरीद्वारा प्रतिबन्धीत ८ लाख भारतीय रुपैया सहित २ जना पक्राउ

वीरगञ्ज,१७ भाद्र । नेपालमा प्रतिबन्धीत रहेको ८ लाख भारतीय रुपैया सहित सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालीका वडा नम्बर ६ महावीर स्थान बस्ने वर्ष ३९ को अभिषेक सरार्फ र वडा नम्बर १० आदर्शनगर बस्ने वर्ष ३३ को विष्णु श्रेष्ठ रहेका छन ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ हेडक्वार्टर राजश्व तथा भन्सार सुरक्षा गस्तीबाट सशस्त्र प्रहरी निरिक्षक उमेश कुमार कार्कीको कमाण्डमा खटिएको चेकिंग डिउटी टोलीले चेकजाचका क्रममा भन्सार मुल गेट अगाडी बाटै प्रतिबन्धीत भारतीय रुपैया सहित दुवैजनालाई पक्राउ गरिएको गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

सिमावर्ती भारतीय शहर रक्शौलबाट ना ९ प १४८ नम्बरको मोटरसाईकलमा नेपाल तर्फ आईरहेका दुवैजनामाथी शंकालागी चेकजाच गर्ने क्रममा शरिर तथा हेलमेट भित्र लुकार्ई छिपाई राखीएको अवस्थामा २ हजार र ५ सय दर का ८ लाख ८ हजार २ सय ७२ भारतीय रुपैया बरामद भएको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

दुवैजनालाई थप आवश्यक कार्यवाहीका लागी राजश्व अनुशनधान कार्यालय पथ्लैया पठाइएको सशस्त्र प्रहरी निरिक्षक कार्कीले जानकारी दिनु भयो ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!