सशस्त्र प्रहरीद्वारा भन्सार छलीका चाँदीका गहना तथा लत्ता कपडा बरामद

वीरगञ्ज,१६ भाद्र । सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छली गरेर नेपाल भित्रयाउन लागिएको चाँदीका गहना सहित लत्ता कपडा बरामद गरेको छ ।

१३ सय ३२ ग्राम चाँदीका गहना सहित सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालीका वडा नम्बर १२ बस्ने वर्ष १८ को विकाश सरार्फलाई नियन्त्रणमा लिएको हो ।

वीरगञ्ज महानगरपालीका वडा नम्बर १६ स्थीत भन्सार मुल गेट अगाडीबाट चेकजाचका क्रममा सिमावर्ती भारतीय शहर रक्शौलबाट आउदै गरेको ना १३ प ५५२४ नम्बरको मोटरसाईकलमा सवार सरार्फको साथमा रहेको झोलाबाट चाँदीका गरगहना बरामद भएपछि नियन्त्रणमा लिइएको भन्सार राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

चाँदीको बजार मुल्य १ लाख ३ हजार ३ सय त्रिसठी रहेको सशस्त्र प्रहरीले जनाएको छ । यसैगरी सशस्त्र प्रहरीले अवैध रुपमा भन्सार छली लयाइएको लत्ता कपडा तथा भाडा वर्तन समेत बरामद गरेको छ ।

गुल्मबाट खटिएको गाडी मोबाईल टोलीले चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको १ लाख ३६ हजार मुल्य बराबरको लत्ता कपडा तथा २४ हजार ५० रुपैया बराबरको भाडा वर्तन समेत बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

बरामद चाँदी तथा लत्ता कपडा र भाडा वर्तन लगाएतका समानहरुलाई आवश्यक कार्यवाहीका लागी वीरगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरिक्षक उमेशजंग कार्कीले बताउनु भयो ।

error: Content is protected !!