सशस्त्र प्रहरीको सक्रियता-पाँच लाखको समान बरामद

वीरगञ्ज,१५ भाद्र । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालीकाको वडा नम्बर १६ भकुवा र बाइपास सडकखण्डबाट अवैधरुपमा भन्सार छली गरिएको ५ लाख मुल्य बराबरको विभिन्न समानहरु बरामद गरेको छ ।

भन्सार राजश्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीको सिमा क्षेत्रमा सुरक्षा चेकजाचमा कडाईले अवैधरुपमा भन्सार चोरी पैठारीका विभिन्न समानहरु पक्राउ पर्न थालेका छन ।

सशस्त्र प्रहरी बल नेपाल नं १४ गुल्म हेड क्वार्टर राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीको नेतृत्वमा खटिएको टोलीले ४ लाख ७० हजार २ सय ५५ रुपैया बराबरको भन्सार छलीका विभिन्न समानहरु नियन्त्रणमा लिएको हो ।

बरामद समानहरुमा लत्ता कपडा,हार्डवेयर तथा किराना समानहरु रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले बताउनु भयो ।

बरामद भएको समानहरुलाई आवश्यक कार्यवाहीका लागी वीरगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरिक्षक उमेशजंग कार्कीले बताउनु भयो ।

error: Content is protected !!