वीरगञ्ज,१४ भाद्र । जिएचपी माध्यमीक विधालयको कक्षा ९ मा अध्यनरत छात्राहरुले आफनो एक महिनाको खाजाको पैसा जमा गरेर आमा बुवा नभएका बालबालीकाहरुलाई खाने समाग्रीहरु सहयोग गरेका छन ।
जिएचपी मावीको कक्षा ९ मा अध्यनरत छात्राहरु सोफीया प्रविन,सानीया प्रविन,मिरीना अख्तर,साजीया,मेनसा र मधु लगाएतका छात्राहरुले आफनो एक महिनाको खाजाको पैसा बाट बालबालीकाहरुलाई खाने समाग्री सहयोग गरेका हुन ।
वीरगञ्ज महानगरपालीका वडा नम्बर २१ लिपनी विर्तामा रहेको आवर संसारमा रहेका १६ वटा बालबालीकाहरुलाई आज एक कार्यक्रमका वीच जिएचपीका छात्राहरुले खाने समाग्रीहरु विस्कुट,केक,जाम,गलुकोज,पाउरोटी,मेडिसिन किट र चकलेट सहयोग गरेका थिए ।
बालबालीकाहरुलाई सहयोग गर्नको लागी हामीले एक महिना देखी आफनो खाजाको पैसा जमा गरिरहेका थियौ,जिएचपी कक्षा ९ मा अध्यनरत सोफीयाले बताईन । आज यहाँ आएर बालबालीकाहरुलाई सहयोग गर्न पाउदा धैरै खुशी लागेको सोफीयाले बताइन ।
कार्यक्रममा छात्राहरुले अगामी दिनहरुमा पनि यहाँ रहेका बालबालीकाहरुका लागी यस्ता खाले सहयोग गर्ने बताएका थिए ।
यसमा तपाईंको प्रतिक्रिया: