वीरगंज कारागार पुनर्स्थान गर्न सांसद यादवको माग

राणा कालमा निर्मित  विरगंज कारागार सुरक्षाको चुनौती
काठमाडौँ , भादौं ९ – पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदसय प्रदीप यादवले वीरगंज कारागार नयाँ स्थानमा सार्न माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद यादवले वीरगंजस्थित कारागारको जिर्ण हुँदै गएकोले त्यसलाई अन्तै सार्न माग गरेका हुन् ।
सांसद यादवले जिर्ण अवस्था संग संगै अन्य धेरै कारणहरुले पनी कारागार पुनर्स्थान गर्नु पर्ने माग गरेका छन् । ‘वीरगंज कारागारको अवस्था जिर्ण रहेको छ, उक्ता कारागारलाई पुनर्स्थान गरेर नयाँ निर्माण गर्न अति आवश्यक देखिएको छ, विशेष समयमा बोल्दै सांसद प्रदीप यादवले भने,’ ‘सुरक्षाको दृष्टिकोणले, शहरको विचमा भएको हुनाले र अन्य कयौं काराणले पनी कारागारलाई अन्य सारेर नयाँ निर्माण गर्न आवस्यक छ ।
‘उनले २०७२ सालमा विज्ञहरुको एक टोलिले गरेको अध्ययनलाई उदृत गर्दै कारागारलाई पुनर्स्थान गर्न आवश्यक भएको बताए । विक्रम सम्बत १९९० को विनासकारी भुकम्पमा काठमाडौँको केन्द्रिय कारागार क्षतिग्रस्त भए पछी वैकल्पिक रुपमा तत्कालिन राणा सरकारले उक्त कारागार बनाउने निर्णय गरेको सांसद यादवले भने ।
निर्माण भएको बेला कैदीको संख्या न्यून रहे पनी अहिले कैदीको संख्या बढेर १२ सय ८० पुगेको सांसद यादवले जानकारी दिए । सांसद यादवले ८ दशक बितिसक्दा समेत कारागारको अवस्थामा कुनै परिवर्तन नभएको भने ।
‘८ दशक बितिसक्दा आज कैदीको संख्या ३ गुणाले बढेको छ,’ उनले सभामुखको ध्यानाकर्षण गराउदै भने, ‘तर कारागारको अवस्था त्यही छ, आकार त्यही छ तर कैदीको संख्या भने बढ्दै गएको छ ।’पुरानो प्रविधि प्रयोग गरेर राणा कालमा निर्मित कारागारको अवस्था जिर्ण रहेकोले कुनै पनी समय मानवीय क्षति हुन सक्ने सांसद यादवले चिन्ता व्यक्त गरे ।
उनले निर्माण बेला कारागार शहर भन्दा बाहिरा रहे पनी अहिले बढ्दो शहरीकरणका कारण कारागार शहरको विचमा पुगी सकेकोले कारागार पुनर्स्थान गर्न पर्ने आवश्यक रहेको प्रस्ट्याए ।

उनले वीरगंज महानगरपालिकाले कारागार पुनर्स्थान गर्न नगर क्षेत्र भित्र जग्गा समेत उपलब्ध गराउने निर्णय गरेको जानकारी गराउदै कारागारलाई नयाँ, प्राविधिक र आधुनिक ढंगले नयाँ स्थानमा निर्माण गर्न सभामुख मार्फत नेपाल सरकार संग माग गरे ।

error: Content is protected !!