भन्सार छलीका समानहरु धमाधम पक्राउ गर्दै सशस्त्र प्रहरी

वीरगञ्ज,०९ भाद्र । खुला सिमाको फाईदा उठाएर अवैधरुपमा भन्सार छल्न खोजनेहरुलाई सशस्त्र प्रहरीले कडा निगरानीमा राखेर राजश्व चुहावट रोक्न सिमा क्षेत्रमा चेकजाचमा कडाई गरेको छ ।

सिमा नाकामा हुने कडाईले अवैध रुपमा भन्सार छली गरेर नेपाल भित्रयाइएको विभिन्न समानहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १४ गुल्म हेड क्वार्टर राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मबाट खटिएको सशस्त्र प्रहरीको टोलीले २ लाख ३४ हजार २ सय ६० रुपैया बराबरको विभिन्न समानहरु बरामद गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले जानकारी दिनु भयो ।

सिमावर्ती भारतीय शहर रक्शौलबाट खरिद गरी भन्सार छली नेपाल तर्फ भित्रयाइएको अवस्थामा समानहरु छोडी भागेको लत्ता कपडा,किराना समानहरु बरामद गरि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरिक्षक उमेशजंग कार्कीले बताउनु भयो ।

सिमा नाकामा भइरहेको कडाईले दैनिक रुपमा अवैध रुपमा भन्सार छली गरिएका समानहरु सशस्त्र प्रहरीले धमाधम नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागी भन्सार कार्यालयलाई बुझाई रहेको छ ।

error: Content is protected !!