भन्सार छली गरिएको लाखौ मुल्यका समान सशस्त्र प्रहरीद्वारा बरामद

वीरगञ्ज,०७ भाद्र । सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्मले भन्सार छलेर अवैध रुपमा नेपाल भित्रयाइएको लाखौ मुल्यका समानहरु बरामद गरेको छ ।

गुल्मबाट खटेको सशस्त्र प्रहरीको गाडी मोबाइल टोलीले भन्सार छली गरिएको १ लाख १८ हजार ७ सय रुपैया मुल्य बराबरको समानहरु नियन्त्रणमा लिएको हो ।

सिमावर्ती भारतीय शहर रक्शौलबाट अवैध रुपमा भन्सार चोरी पैठारी गरी ना ४९ प ६८०४ नम्बरको मोटरसाईकलमा लोड गरी ल्याइएको किराना समानहरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नावय उपरिक्षक अमर बहादुर खत्रीले बताउनु भयो ।

मोटरसाइकल सहित किराना सामानहरु छोडी मानिस भागेको अवस्थामा बरामद गरी बीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी निरिक्षक उमेशजंग कार्कीले जानकारी दिनु भयो ।

error: Content is protected !!