भन्सार राजश्व गस्तीको सक्रियता-१२ लाखको भन्सार छलीका समान पक्राउ

वीरगञ्ज,०६ भाद्र । सशस्त्र प्रहरीको वीरगञ्ज भन्सार राजश्व गस्ती टोलीको सक्रियताले एक हप्तामा १२ लाख मुल्य बराबरको भन्सार छलीको विभिन्न समानहरु पक्राउ गरि भन्सार बुझाएको छ ।

भन्सार राजश्व गस्ती टोली प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीको कडा निर्देशन एवम निगरानीले सिमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण एवम भन्सार छली गर्नेहरु माथी कडा निगरानी बढाइएको हो ।

एक हप्ताको अन्तरालमा अवैध रुपमा भन्सार छली गरेर भारतबाट नेपाल तर्फ भित्रयाइएको विभिन्न समानहरु पक्राउ गरि भन्सार कार्यालयलाई बुझाइएको सशस्त्र प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिनु भयो ।

अवैध रुपमा नेपाल भित्रयाइएको अवस्थामा सशस्त्र प्रहरीले ७५ किल्लो बोइलर कुखुराको मासु सहित ना २ ह २६४५ नम्बरको अटो रिक्सालाई नियन्त्रणमा लिइ भन्सार बुझाएको हो ।

त्यसैगरी अवैध रुपमा भन्सार छली भित्रयाइएको सुर्ती सहित टांगालाई नियन्त्रणमा लिएर भन्सार बुझाएको हो । भन्सार राजश्व छली मार्फत सरकारलाई घाटा पुर्याउने उदेश्य बोकेकाहरु माथी निगरानी राखीएको सशस्त्र प्र्रहरी नायव उपरिक्षक खत्रीले बताउनु भयो ।

कुखुरा, अटो रिक्सा, मोटर साईकल, टांगा, घोडी र सुर्ति समेत गरी जम्मा बार्ह लाख तिन हजार बराबरको विभिन्न समानहरु भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी निरिक्षक उमेशजंग कार्कीले जानकारी दिनु भयो ।

error: Content is protected !!