२ लाख ५० हजार प्रतिबन्धीत भारतीय रुपैया सहित एक पक्राउ

वीरगञ्ज,०६ भाद्र ।पर्सा प्रहरीले नेपालमा प्रतिबन्धीत २ लाख ५० हजार भारतीय रुपैया सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार जिल्ला वैशाली थाना लालगंज पोष्ट खन्जाहाचौक बस्ने वर्ष ३६ को मिथिलेस कुमार रहेका छन ।

वडा प्रहरी कार्यालय विर्ता तथा प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले नेपाल बाट भारत तर्फ पैदल हिडी गइरहेको मिथलेशमाथी शंका लागी चेकजाच गर्दा नेपालमा प्रतिबन्ध रहेको ५ सय दरको भारतीय रुपैया २ लाख ५० हजार बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

फेला परेको रकम सहित मिथलेशलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको प्रहरीले जनाएको छ ।

error: Content is protected !!