नेपाल भारतको सम्बन्ध बिगार्न खोजने कुरा सह्य हुदैन – सांसद यादव

वीरगन्ज,भदौ ४ । वीरगन्ज भन्सार कार्यालयको बिरोधमा सिमावर्ती रक्सौलका स्थानियहरुले गरेका नाका ६घन्टा पछी खुलेको छ ।

पर्सा क्षेत्र नम्बर १का सासंद प्रदिप यादवको बिशेष पहलमा भारतीयहरुले आन्दोलन फिर्ता लिए पछि वीरगन्ज रक्सौल भसांर बुधबार दिउसोबाट संचालनमा आएको छ ।

नेपाल भारत बिचको सम्बन्ध बेटी रोटीको रुपमा रहेको बताउदै सांसद प्रदिप यादवले भारतीय नागरिकसंग भबिष्यामा कुनैपनि प्रकारको अभद्र व्यवहार नहुने आश्वासन दिएपछि भारतीयहरुले आन्दोलन फिर्ता लिएका छन् ।

वीरगन्ज आउने भारतीय नागरिकहरुसंग वीरगन्ज भन्सारका कर्मचारी तथा सुक्षकर्मिहरुले अभद्रव्यहवहार गर्नुका साथै भन्सार तथा इन्ट्रीको कागज हुदा हुदै सिज गर्ने गरेको भन्दै विरगन्ज भन्सारको बिरोधमा भारतीय भन्सारमा पनि नेपाली गाडिहरुलाई इन्टिगर्न मागं गर्दै स्थानियहरुले बुधबार विहान देखि रक्सौल कस्टम अगाडि नेपालको बिरोधमा चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।

भारतीय जनतापार्टिका स्थानिय नेता महेश अग्रवालको नेतृत्वमा गरिएको आन्दोलन स्थलमै पुगेर सांसद यादवले भारतीय कस्टमका प्रमुख ,तथा सुरक्षा अधिकारीहरुसगं बिशेष सम्वाद गर्नुको साथै नेपाल भारत बिचको सम्बन्धलाई खराब गर्न केहि तत्व लागेकोले त्यसता तत्वहरुबाट सावधान रहन आग्रह गरेका थिए ।

सांसद यादवले वीरगन्ज भन्सार कार्यालयमा इन्ट्रिलाई अझ  व्यवस्थीत गर्ने र पक्राउ परेका भारतीय मोटरसाइकललाई कागज हेरी कानुन अनुसार छाडने आश्वासन दिएपछि भारतीयहरु आन्दोलन फिर्ता लिएपछि नाका खुलेको थियो ।

error: Content is protected !!