नगरपरिषद नहुदा पोखरियाका वडा अध्यक्षहरू रूष्ट

कार्यपालिकामा आ-आफनै हठ,विकाश कार्य अवरुद्घ
बीरगन्ज । पर्साको दोश्रो सदरमुकामको रूपमा रहेको पोखरिया नगरपालिकाको परिषद नहुदा वडा अध्यक्षहरू रुष्ट भएका छन् ।

अाईतवार नगर भित्रका दस वटै वडाका अध्यक्षहरूले नगर प्रमुखलाई निवेदन दिएर नगरपरिषद नहुनुको कारण बताउन तीन दिनको अल्टिमेटम दिएका छन् ।

गत वर्षको अायव्यय तीन दिन भित्र सार्वजनिक गर्न समेत मांग गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष अजय कलवारले बताए ।

परिषद उदघाटन भएको एक महिना वितिसक्दा पनि योजना मांग, छनौट तथा तर्जुमाको कार्य अगाडि बढन नसकेकोले वडा अध्यक्षहरू संयुक्तरूपमै अगाडि अाएका हुन ।

वडा नम्बर ३ का अध्यक्ष अजय कलवारका अनुसार नगरको विकाश कार्यलाई नगर प्रमुख र कार्यकारी अधिकृतले बन्धक बनाएपछि वडा अध्यक्षहरू बाध्य भएर यस्को कारण खोजेका छन् ।

पोखरियामा नगर परिषद नहुदा विकाश निर्माण लगायत अन्य सेवा मुलक कार्य समेत प्रभावित बनेको छ । परिषद नहुनुको पछाडी नगर कार्यपालिका बोर्डमा चरम राजनिती र द्वन्द्व रहेको छ ।

कार्यपालिका सदस्यहरू अाअाफनै अडानका साथै अाफै अनुकुलको बजेटको मांग गर्दा सहमती हुन नसकेको नगर सम्बद्व श्रोतले जनाएको छ ।

दलिय अधारमा पोखरिया नगरकार्यपालिमा स्पष्ट बहुमत नभएको कारण मेयरलाई असहज हुने गरेको छ ।

error: Content is protected !!