भन्सार नाकामा सशस्त्र प्रहरीको कडाई,नयाँ डिएसपीको डरले तस्कर पलायन

वीरगञ्ज,३० साउन । नेपालको आर्थीक नगरी भनेर सदैव चर्चामा रहेको पर्सा जिल्लाको मुख्य भन्सार नाकामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको कडाईले अवैधरुपमा भन्सार छली गर्न सक्रीय रहेका तस्कर समुुहहरु पलायन भएका छन ।

एक हप्ता अगाडी भन्सार राजश्व गस्ती प्रमुखको रुपमा आउनु भएका सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीको कडा निर्देशन एवम भन्सार मुख्य नाकामा चेकजाचमा कडाईले अवैध रुपमा भन्सार चोरी पैठारी गर्नेहरु पलायन भएका हुन ।

अवैधरुपमा भन्सार छलीमा सक्रिय रहेका केही तस्कर जमातहरु भन्सार राजश्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारी पाएर आउनु भएका नयाँ सशस्त्र प्रहरी नायव उपरीक्षक अमर बहादुर खत्रीको नियमीत अनुगमन एवम सक्रियताले अवैध कारोबारमा लागेकाहरुको होस हवास गायब जस्तै भएको छ ।

खुला सिमाका कारण हुने अवैध रुपमा भन्सार चोरी पैठारी निकासीमा सशस्त्र प्रहरी एवम सिमा प्रहरी चौकी इनर्वाले कडाई गरेपछि तस्कर समुहहरु पलायन भएको नाम नछाप्ने सर्तमा एक तस्करले नै बताए ।

भन्सारमा आएको नयाँ डिएसपीको कारण अवैधरुपमा भन्सार छली चोरी पैठारी गर्नेहरुको बिल्लीबाठ लागेको एक तस्करको भनाई छ ।

राज्यलाई घाटा पुर्याएर आफनो दुनो सोझयाउन भन्सार छली गर्ने सक्रिय केही अवैध कारोबारीहरुलाई निस्तेज पार्ने तर्फ सशस्त्र प्रहरी तदारुक्ताका साथ सक्रिय भएर लागी परेको सशस्त्र प्रहरी नायव उपरिक्षक अमर बहादुर खत्रीले जानकारी दिनु भयो ।

खुला सिमाको फाईदा उठाएर अवैधरुपमा भन्सार चोरी निकासी गर्न पल्केका केही तस्करहरुका लागी टाउको दुखाई बनेका छन सशस्त्र प्रहरी नायव उपरिक्षक खत्री, उनको सक्रियता कारण यती खेर अवैध कारोबार गर्नेहरु पलायन भएर गएका छन ।

अवैध रुपमा भन्सार छली गर्नेहरुलाई सशस्त्र प्रहरी एवम नेपाल प्रहरीले कडाई गर्दै राज्यलाई घाटा पुर्याउन लागी परेकाहरुको ढाँड भाच्न जरुरी देखीन्छ ।

error: Content is protected !!