विद्यालयहरुको भौतिक संरचना आमुल परिवर्तन गरिने छ-नगर प्रमुख सरावगी

वीरगंज, २९ साउन । वीरगन्ज महानगरपालिका वडा नम्बर ९ मा रहेको नेपाल रेलवे माध्यमिक विद्यालयको नवनिर्मित सभाहलको नगर प्रमुख विजय सरावगीले उदघाटन गर्नुभएको छ ।

१२ लाखको लागतमा निर्मित भवनको बुधबार उदघाटन गर्दै मेयर सरावगीले महानगरपालिका भित्र जीर्ण अवस्थामा रहेका सामुदायिक विद्यालयको भौतिक संरचना सुधार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाले महानगरपालिकामा रहेको सबै विद्यालयहरुमा लैबको व्यवस्था अनिवार्य गर्नुका साथै सबै प्राथमिक विद्यालयहरुमा आउने ५ वर्षभित्र डिजिटल प्रविधिबाट अध्यापन गराउने व्यवस्थापन गरिने बताउनुभयो ।

नगर प्रमुख सरावगीले सामुदायिक विद्यालयहरुमा छात्रछात्राहरुको लागि छुटाछुटै शौचालयको व्यवस्था गर्न दाताहरुसंग सहकार्य भइरहेको बताउनु भयो ।

विद्यालयहरुलाई सुन्य राजनैतिकि करण गरिएको बताउदै सबै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।

उहाले आफु कुनैपनि दबाव वा भेदभाव पुर्ण रवैयाबाट अलग रहेर विद्यालयको विकासको लागी अनवरत काम गरिरहेकोमा शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन सबैलाई आग्रह समेत गर्नुभयो ।

नेपाल शिक्षक महासङ्घ वीरगंज मनपाका अध्यक्ष विनोद मेहताले मनपाले सबै सामुदायिक विद्यालयहरुको भौतिक संरचना निर्माणको लागि पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

विद्यालयका प्रअ दिनेश चौरसियाको अध्यक्षँतामा सम्पन्न भएको कार्यक्रममा शिक्षँक दिनानाथ रौनियार लगायतले मन्तव्य व्यक्त गरेका थिए । रेलवे माध्यमिक विद्यालयलाई ४० वटा सिलिगं पंखा प्रदान गर्ने दाता राम शर्राफलाई विद्यालय तथा नगर प्रमुखद्धारा सम्मान समेत गरिएको थियो

error: Content is protected !!