बाराको सिमानाकाहरु तस्करीको अखडा बन्दै,क्राईम टोली सहयोगी भुमीकामा

बारा,२९ साउन । जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुशनधान हेर्ने क्राईम टोलीले तस्करहरुलाई संरक्षण गर्दा बाराका अधिकांश सिमा नाकाहरुबाट तस्करी बढेको खबर प्राप्त भएको छ ।

चोरी,तस्करी तथा अपराधीक गतिविधि नियन्त्रण गर्न सादा पोषाकमा घुमुवा प्रहरी खटाउने गरिएपनि अवैध कारोबार नियन्त्रण गर्नुको साटो तस्कर समुहलाई संरक्षण दिएर रकम अशुलीमा ध्यान केन्द्रित गर्दा चोरी तस्करी संग संगै अपराधीक गतिविधि समेत बढने देखीएको छ ।

क्राईम टोलीमा कार्यरत प्रहरी नायव निरिक्षक उपेन्द्र साह र प्रहरी जवान कामद साह तस्कर समुहहरु संगको सिधा सम्पर्कमा रहेर सिमा नाकाबाट हुने भन्सार चोरी तस्करीमा खुलेरै सहयोग गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

बाराका प्रहरी उपरिक्षक सानुराम भटराईको आशीर्बाद प्राप्त प्रहरी नावय निरिक्षक उपेन्द्र साह र प्रहरी जवान कामद साहले बाराका विभिन्न सिमानाकाहरुबाट तस्करीलाई ग्रिन सिग्नल दिएर मोटो रकम अशुल गरिरहेको प्रहरी वृतमै चर्चा हुन थालेको छ ।

वर्षौ देखी बारा जिल्लामै अडा जमाएर बसेका प्रहरी नायव निरिक्षक साह हवल्दार हुदा देखी नै बारा जिल्लामै कैयौ एसपी चेन्ज हुदा पनि उनी नया आउने एसपीको विश्वासपात्रको रुपमा बनेर सादा पोषाकमै खटिने गरेका छन ।

सादा पोषाकमा विभिन्न सिमानाकाहरुमा गस्ती गर्ने क्रममा अवैध कारोबारीहरु संग रामै्र सम्बन्ध बनाएको प्रहरी भित्रै कानेफुसी हुने गरेको छ ।

प्रहरी नायव निरिक्षक उपेन्द्र साह र प्रहरी जवान कामद साहको पुर्ण सहयोगले बाराको मटिअर्वा,छतवा,मुसहर्वा बलीरामपुर लगाएतको सिमानाकाबाट तस्करी कार्यले प्रश्रय पाएको छ ।

मटिअर्वा नाकाबाट राजा,राजकिशोरले सुर्ती,चप्पल र कपडाको अवैध भन्सार छली गरेर नेपाल भित्रयाइ रहेका छन त्यसैगरी उपेन्द्र कुशवाहा र श्याम यादवले रजनीगन्धा र राजनिवासको अवैध भन्सार छली मार्फत बारा जिल्लाका विभिन्न ठाउहरु सम्म पुर्याउने गरेका छन ।

मुसहर्वा बलीरामपुर नाकाबाट सरोज र विन्दा साहले कपडा र हार्डवेयरको अवैधरुपमा भन्सार छली गरेर नेपाल भित्रयाइ रहेको प्रहरी स्रोतले जनाएको छ ।

छतवा नाकाबाट सुनिल र छोटेलालले अवैध रुपमा कपडाको भन्सार छली गरेर नेपाल भित्रयाइ रहेको प्रहरी स्रोतको भनाई छ ।

स्थानीय प्रहरी चौकी र क्राईम टोलीका सई उपेन्द्र साह र प्रहरी जवान कामद साहको सहयोगमा खुलेयाम रुपमा तस्करी कार्यलाई बढावा दिएर राज्यलाई घाटा पुर्याउने कार्यमा लागेकाहरुलाई दण्डीत गर्न जरुरी देखीन्छ यसमा सम्बन्धीत निकायको ध्यान समयमै पुगोस ।

error: Content is protected !!