एसपी राठौरको सुक्षम् अनुशनधानले दुई नाटकीय अपहरणको पर्दाफास

वीरगञ्ज,१८ साउन । पर्सामा दुई दिनको अन्तरालमा भएको २ वटा अपहरण काण्डको पर्सा प्र्रहरीले पर्दाफास गरिदिएको छ ।

लामो समय अपराध अनुशनधानमै विताएका पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको नेतृत्व एवम सुक्षम् अनुशनधानले पर्सामा विगत ७ दिन भित्र भएको दुई वटा नाटकिय अपहरण काण्डको पर्दाफास गरिदिएका हुन ।

अपहरणमा परेको भनि झुठो व्यहोरा बनाई परिवार संग पैसा माग गर्ने वीरगञ्ज महानगरपालीका वडा नम्बर १६ इनर्वा बस्ने वर्ष ३१ को अरमान भन्ने महमद तवरेज आलम ठकुराईलाई प्रहरीले पक्राउ गरि नाटकिय अपहरण काण्डको पर्दाफास गरेको हो ।

मिति २०७६।०४।१३ गतेका दिन दिन देखी अपरहणमा परेको भनिएका आलमले घर परिवारबाट रकम माग्ने मनाशायले घर परिवारमा फोन गरि आफु अपहरणमा परेको भनि भरतपुर तथा भैरहवा लगायतमा बसी झुठो योजना बनाई नाटकीय अपहरणको बहानामा दिदिलाई फोन गरि घर परिवारबाट रकम माँग गरेका थिए ।

त्यसैगरी पर्साको विन्दवासिनी गाउपालीका वडा नम्बर ४ मधवल बस्ने वर्ष २३ को उपनेस चौरसीयाले आफनै साथीहरु संगको सहयोगमा आाफु अपहरणमा परेको हल्ला फैलाएको आरोपमा प्रहरीले पक्राउ गरी मुद्धा चलाएको छ ।

चौरसीयाले आफै मोटरसाईकल चलाएर आफनै गाउको साथी निरञ्जन तिवारी र एजाजुल मिया समेतलाई लिएर सिमावर्ती भारतीय शहर रक्शौलमा एक होटेलमा लुकेर बसेका थिए ।

रक्सौल स्थित श्याम ईन्टरनेशनल होटलको कोठा नं.५ मा बसी आफनै गाउमा बस्ने वर्ष २१ को सनुप दास तत्वालाई बोलाई आफु अपहरणमा परेको भनि योजना बनाई सोही दिन सनुप दासलाई विरगंज पठाई उपनेश चौरसिया अपहरण भएको भनि हल्ला फैलाएका थिए ।

error: Content is protected !!