एसपी राठौर कडा एक्शनमा ! विभिन्न मुद्धाका फरार प्रतिवादी धमाधम पक्राउ

वीरगञ्ज,१८ साउन । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मुद्धामा फरार रहदै आएका प्रतिवादीहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।

पर्सा प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हाले देखी नै कडा एक्शनमा आएका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरको सक्रियताले विभिन्न मुद्धाहरुमा फरार रहेका प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन ।

ज्यान मार्ने उधोग मुद्दामा फरार रहदै आएका जिल्ला पर्सा जिराभवानी गाउपालीका वडा नं.५ हरैया बस्ने बर्ष ४९ को इन्द्रजित महरालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली पर्साबाट खटिएको प्रहरी टोलीले आफनै घरमा लुकी छिपी बसेको अवस्थामा महरालाई नियन्त्रणमा लिई आवश्यक कार्यवाहीको लागी पर्सा जिल्ला अदालतमा बुझाउने प्रहरी उपरिक्षक राठौरले जानकारी दिनु भयो ।

यसैगरी लागुऔषध मुद्धामा फरार रहदै आएका पर्सा जिराभवानी गाउपालीका वडा नं ५ सखुवनीया बस्ने बर्ष ४५ को रामचन्द्र राउत विनलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

घरमै लुकेर बसेको अवस्थामा राउतलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राठौरले बताउनु भयो । पर्सा जिल्ला अदालतको मिति २०७१।१०।५ गतेको फैसला पश्चात २ बर्ष कैद र २५ हजार जरिवाना तोकिएकोमा राउत फरार रहदै आएका थिए ।

पक्राउ परेका दुवैजना फरार प्रतिवादीलाई पर्सा जिल्ला अदालतमा बुझाईने पर्सा प्रहरीले जनाएको छ ।

error: Content is protected !!