सशस्त्र प्रहरीको कडा निगरानी,भन्सार छलीका चार लाखको समान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्ज महानगरपालीकाको विभिन्न स्थानबाट भन्सार छली भित्रयाइएको करिब पाँच लाख मुल्य बराबरको समान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सार राजश्व सुरक्षा गस्ती टोलीले अवैध रुपमा भित्रयाइएको लाखौ मुल्यका विभिन्न समानहरु बरामद गरेको हो ।

सशस्त्र प्रहरीको राजश्व गस्ती मोबाइल टोलीले सिमावर्ती भारतीय शहर रक्शौलबाट अवैध रुपमा नेपाल भित्रयाइएको लत्ता कपडा,किराना समान,३ वटा भैँसी र ८ सय लिटर डिजेल बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक उमेश जंग कार्कीले जानकारी दिनु भयो ।

मुख्य भन्सार नाकामा सशस्त्र प्रहरीले चेकजाचमा कडाई गरेपछि अवैध ओसार पसारमा लागेका अवैध कारोबारीहरु अन्य खुला नाकाहरुबाट भन्सार छली समान भित्रयाउने गरेका छन ।

सशस्त्र प्रहरीले खुला नाकाहरुमा पनि कडा निगरानी राखेको सशस्त्र प्रहरी निरीक्षक कार्कीले बताउनु भयो ।

error: Content is protected !!