दुई दिन पनि टिकेन् अपहरणको नाटक ! एसपी राठौरलाई सफलता

वीरगञ्ज,१६ साउन । आफनै अपहरण भएको नाटक गर्ने उपनेश चोरसीया सहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनकि गरेको छ ।

दुई दिन अगाडी आफनै साथीहरु संगको सहयोगमा अपहरण भएको नाटक गर्ने चौरसीया सहित एकजनालाई पर्सा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको हो ।

पर्साको विन्दवासिनी गाउपालीका वडा नम्बर ४ मधवल बस्ने वर्ष २३ को उपनेस चौरसीयाले आफनै साथीहरु संगको सहयोगमा आाफु अपहरणमा परेको हल्ला फैलाएका थिए ।

चौरसीयाले आफै मोटरसाईकल चलाएर आफनै गाउको साथी निरञ्जन तिवारी र एजाजुल मिया समेतलाई लिएर सिमावर्ती भारतीय शहर रक्शौलमा एक होटेलमा लुकेर बसेका थिए ।

रक्सौल स्थित श्याम ईन्टरनेशनल होटलको कोठा नं.५ मा बसी आफनै गाउमा बस्ने वर्ष २१ को सनुप दास तत्वालाई बोलाई आफु अपहरणमा परेको भनि योजना बनाई सोही दिन सनुप दासलाई विरगंज पठाई उपनेश चौरसिया अपहरण भएको भनि हल्ला फैलाएका थिए ।

अपहरणमा परि झुटो हल्ला फैलाएको कसुरमा चौरसीया सहित दासलाई समेत नियन्त्रणमा लिएर थप अनुशनधान भइरहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिनु भयो ।

error: Content is protected !!