सशस्त्र प्रहरीद्वारा भन्सार छलीका लाखौ मुल्यका समान बरामद

वीरगञ्ज,१२ साउन । वीरगञ्ज महानगरपालीकाको विभिन्न स्थानबाट सशस्त्र प्रहरीले लाखौ मुल्य बराबरको भन्सार छलीका समानहरु बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ हेडक्वार्टर भन्सार राजश्व तथा सुरक्षा गस्ती बाट खटिएको सशस्त्र प्रहरीको मोबाईल गाडी टोलीले अवैध रुपमा भन्सार छलीएको लाखौ मुल्यका विभिन्न समानहरु नियन्त्रणमा लिएको हो ।

खुल्ला सिमा नाकाका कारण विभिन्न नाकाहरुबाट सिमावर्ती भारतीय शहरबाट नेपालतर्फ अवैध रुपमा भित्रयाइएको लत्ता कपडा,किराना समानहरु,हार्डवेयर र मोबाईल समेत बरामद भएको सशस्त्र प्रहरी निरीक्षक उमेशजंग कार्कीले बताउनु भयो ।

बरामद भएको समानहरुको मुल्य २ लाख १७ हजार ९ सय ८० रुपैया रहेको सशस्त्र प्रहरी निरीक्षक कार्कीले जानकारी दिनु भयो ।

मुख्य भन्सार नाका भएर नेपाल प्रवेश गर्ने भन्सार कार्यालय अगाडी चेकजाचमा कडाई गरिए संगै खुल्ला सिमाका कारण अन्य नाकाहरुबाट चोरी तस्करी बढेपनि सशस्त्र प्रहरीले कडा निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद भएको समानहरु वीरगञ्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!