वडा प्रहरी श्रीपुरको सक्रियता, २० वटा भैँसी सहित दुईजना नियन्त्रणमा

वीरगञ्ज,०९ साउन । वीरगञ्ज महानगरपालीका वडा नम्बर २२ परवानीपुर स्थीत बाट प्रहरी २० वटा भैँसी सहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरले भारत बाट अवैध रुपमा नेपाल भित्रयाईएको आशंकामा २० वटा भैसी सहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले परवानिपुर नजिकैबाटे भैसी ८ वटा, पाडी २ वटा र पाडा १० वटा गरी २० वटा भैसी सहित दुई जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक चक्र बहादुर मल्लले बताउनु भयो ।

पक्राउ पर्नेमा पर्साको पोखरिया नगरपालिका ६ बस्ने ईम्तीहान हवारी र सोही ठाउ बस्ने होमिम मिया रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

पक्राउ परेका भैसी सहित दुवैजनालाई थप आवश्यक अनुशनधान एवम कार्यवाहीका लागी वीरगंज भन्सार पठाईने प्रहरी निरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।

error: Content is protected !!