सशस्त्र प्रहरी सिर्सीयाको सक्रियता, लागुऔषध बरामद

वीरगञ्ज,०९ साउन । वीरगञ्ज महानगरपालीका वडा नम्बर १ छपकैयाबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा प्रतिबन्धीत लागुऔषध कोरेक्स बरामद गरेको छ ।

छपकैया स्थीत रहेको सिर्सीया छोटी भन्सार नाका स्थीतबाट सशस्त्र प्रहरीले प्रतिबन्धीत लागुऔषध कोरेक्स बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल विओपी सिर्सीयाबाट सशस्त्र प्रहरी सहायक निरिक्षक गजेन्द्र प्रसाद राउतको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले बेवारिसे अवस्थामा १०० एम एलको १ सय ८० पीस लागुऔषध कोरेक्स बरामद गरेको सशस्त्र प्रहरी निरिक्षक जिवन मल्ल ठकुरीले जानकारी दिनु भयो ।

सिमावर्ती भारतिय शहर रक्शौलबाट पैदल नेपाल तर्फ आइरहेका एक व्यक्ती सशस्त्र प्रहरीको टोलीलाई देखेर आफु संग रहेको झोला फयाली पुन भारत तर्फ नै भागेको सशस्त्र प्रहरी निरिक्षक मल्लले जानकारी दिनु भयो ।

झोला खोलेर हेर्दा १ सय ८० पीस प्रतिबन्धीत लागुऔषध कोरेक्स भेटिएको सशस्त्र प्रहरी निरिक्षक मल्लले बताउनु भयो ।

बरामद भएको लागुऔषध कोरेक्स विभिन्न व्यक्तीहरुको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!