सिमामा कडाईले भन्सार छलीका लाखौ मुल्यका समान पक्राउ

वीरगञ्ज,०७ साउन । सशस्त्र प्रहरीको भन्सार राजश्व गस्ती टोलीले अवैध रुपमा भन्सार छली भित्रयाइएको लाखौ मुल्यका समानहरु पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी वीरगञ्ज भन्सार राजश्व गुल्मबाट खटिएको गाडी मोबाइल टोलीले वीरगञ्ज महानगरपालीका वडा नम्बर १६ रजतजयन्ती बाट अवैधरुपमा नेपाल भित्रयाइएको लाखौ मुल्य बराबरको विभिन्न समानहरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले बताउनु भयो ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको समानहरुमा लत्ता,कपडा,मरिच लगाएत १ लाख ४५ हजार मुल्यका समानहरु रहेको सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले बताउनु भयो ।

भारतिय सिमावर्ती शहर रक्शौलबाट अवैध रुपमा भन्सार छली नेपाल भित्रयाउने क्रममा प्रहरी टोलीलाई देखेर समानहरु छोडी कारोबारी फरार भएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले अवैध चोरी निकासी रोक्न सिमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएपछि अवैध रुपमा भन्सार छलीका समानहरु पक्राउ पर्न थालेका छन ।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको समानहरु आजै वीरगञ्ज भन्सार कार्यालय बुझाउने सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!