सिमामा कडाईले तस्कर बौखलाए,सई सिंहको बदनाम गराउन तस्कर समुह सक्रिय

वीरगञ्ज,०७ साउन । वीरगञ्ज मुख्य भन्सार संगै रहेको सिमा प्रहरी चौकी इनर्वाले भन्सार चोरी पैठारीमा कडाई गर्दै अवैध ओसार पसार कार्यलाई नियन्त्रण गर्न थालेपछि केही तस्करहरु बौख्लाएको समाचार प्राप्त हुन आएको छ ।

सरकारको राजश्व चुहावट गर्ने अवैध ओसार पसारमा लागेकाहरुलाई प्रहरी चौकी इनर्वाले नियन्त्रण गर्न थालेपछि सिमा प्रहरी चौकी इनर्वाका प्रमुख प्रहरी नायव निरिक्षक सुमन सिंहलाई बदनाम गराउन केही तस्कर समुह सक्रिय भएर लागेको बुझीएको हो ।

विषेश गरेर मुख्य भन्सार नाकाबाट लुकाई छिपाई अवैध तरिकाले भन्सार छली गरेर सरकारको राजश्व मार्नेहरु माथी प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरीले कडाइ गरे संगै दुई नम्बरी बाट अवैध पैसा कमाउन पल्केकाहरुको निन्द हराम भएको हो ।

दैनीक रुपमा अवैध ओसार पसार गरेर सरकारको राजश्व चुहावट गर्ने केही तस्कर समुहले विभिन्न हथकण्डा अपनाउदै प्रहरी नायव निरिक्षक सिंहलाई समाजीक सञ्जाल मार्फत बदनाम गराएर सई सिंहको सरुवाको ख्वाब देख्न थालेका छन ।

तस्करहरुले आफनो प्रभाावमा पार्न नसकेपछि विभिन्न माध्यमले प्रहरी नायव निरिक्षक सिंहलाई जती छिटो सक्दो उनको सरुवा होस भन्ने मन्सायले बदनामी गराएर आफनो दुनो सोझयाउने दाउमा लागेका छन ।

खुल्ला सिमाका कारण हने अवैध ओसार पसार नियन्त्रण गर्न भन्सार राजश्व चुहावट नियन्त्रणका लागी सक्रिय सशस्त्र प्रहरी र सिमा प्रहरी चौकी इनर्वाले सुरक्षा चेकजाचमा कडाई गरेका छन ।

error: Content is protected !!