गतवर्षको भुगतानी नदिएपछि प्रशासकिय अधिकृत र लेखापाल माथी आक्रमण

वीरगंज । गत आर्थिक वर्षमा विधुत बल्ब खरिद गरेको उपभोक्ता समितीले अहिले भुगतानी मांग गर्दा नदिएको कारण पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखापाल माथी आक्रमण भएको छ ।

गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लालबहादुर यादव लगायत अाधा दर्जन व्यक्तिको समुहले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अकलेश सहनी माथी आक्रमण गरि कुटपिट गरेका हुन ।

गाउँ कार्यपालिका कार्यालयबाट काम सकाएर जिल्ला प्रशासन कार्यालयमा छलफल कार्यक्रममा सहभागी हुन अाउदै गर्दा आइतबार साझ ४ बजे दुबै जना माथी वडा अध्यक्ष लगायतको समुहले आक्रमण गरेको थियो ।

नियम विपिरितको निकासाको लागि वडाध्यक्ष यादवले केही समय पहिला देखि दबाव दिदै आएको र आफुले निकास गर्न नमिल्ने बताएका कारण आफू सहित लेखापाल माथी आक्रमण भएको प्रमुख प्रशासकीय अधिकृत यादवले वताए ।

बा १५ च ६८७९ नम्बरको भाडाको गाडी सवार दुबै जना माथी सखुवा प्रसौनी २ स्थित बाटो मै वडाध्यक्ष सहितको समुहले एकासी रोकि गाडी रोकि गालिगलौज गर्दै कुटपिट गरेका हुन ।

आक्रमणकारी समुहको आक्रमणले दुबै जना सवार टाटासुको सिसा समेत फुटेको छ ।

प्रमुख प्रशासकिय अधिकृत यादव र लेखापाल सहनीले आक्रमण गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी पनि दिएका छन ।

यता उक्त घटनाको बिरोधमा भोलि मंगलबार पर्साका सम्पुर्ण गाउँ कार्यपालिका कार्यालय बन्द रहने जनाईएको छ ।

error: Content is protected !!