इनर्वाका सई सिंहद्वारा सिमा क्षेत्रमा चेकजाचमा कडाई,अवैध कारोबारीमा हडकम्प

वीरगञ्ज,०६ साउन । देशकै आर्थीक राजधानीको रुपमा रहेको वीरगञ्ज मुख्य भन्सार नाका क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा चेकजाच एवम निगरानीले अवैध कारोबार गर्नेहरुको होस हवास गायब भएको छ ।

भारत संग जोडीएको खुल्ला सिमा नाकाका कारण हुने अवैध चोरी पैठारी नियन्त्रणमा भन्सार राजश्व चुहावट नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र चोरी तस्करी अपराध नियन्त्रणका लागी खटिएको नेपाल प्रहरीले संयुक्त रुपमा सुरक्षा चेकजाचमा कडाई गरेपछि भन्सार छल्ने र अवैध चोरी निकासी गर्नेहरुको मार्केट डाउन भएको छ ।

विगतका दिनहरुमा अवैध भन्सार चोरी पैठारी निकासी कारोबारमा संलग्नहरुलाई प्रहरीले धमाधम पक्राउ गरेर मुद्धा चलाएपछि सिमावर्ती भारतीय शहर रक्शौलबाट दैनिक समानहरु खरिद गरी सेटिंगमा भन्सार छल्न खोज्नेहरु यती खेर बेपत्ता भएका छन ।

प्रहरीले पक्राउ गरेर मुद्धा चलाउन थालेपछि अहिले कारोबार बन्द गर्नु परेको एक तस्करले नाम नछाप्ने सर्तमा बताए । पर्सामा नया एसपी आएपछि लगभग धेरै जनाले काम बन्द गर्नु परेको उनी सुनाउछन । काम बन्द भएन भने प्रहरीले समाएर मुद्धा चलाई दिन्छ के गर्ने अवैध कारोबारमा सलग्न एक तस्करको भनाई हो यो ।

प्रहरी चौकी इनर्वाले अवैध भन्सार चोरी पैठारी गर्ने भनेर पैसा दिन आएका केही व्यक्तीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएर मुद्धा चलाइएको प्रहरी नायव निरिक्षक सुमन सिंहले जानकारी दिनु भयो ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले खुला सिमा भएको कारण हुने चोरी तस्करी अपराधीक गतीविधी नियनत्रणमा कुनै सम्झौता नगर्न दिएको निर्देशन अनुरुप अहिले सिमा क्षेत्रमा सुरक्षा चेकजाचमा कडाई गरिएको प्रहरी नायव निरिक्षक सिंहले बताउनु भयो ।

error: Content is protected !!