सिंघम शैलीमा प्रहरी निरीक्षक कुशवाहाको एक्शनले अपराधीमा खौफ

वीरगञ्ज,०२ साउन । हिन्दी फिल्म सिंघममा देखाइएका प्रहरीको अभिनय जस्तै नेपाल प्रहरीका एक ईन्सपेक्टर अहिले सिंघम शैलीमा अपराधी र गलत कार्य गर्ने विरुद्ध एक्शनमा आउदा आम जनता शान्ती सुरक्षाको अनुभुती गरिरहेका छन ।

तिन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौडा मकवानपुरको इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रमुखको रुपमा आएदेखीनै प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाकोे कुशल कार्य शैलीका कारण त्यस क्षेत्रमा गलत कार्य गर्नेहरुको होस हवास उडेर गएको छ ।

गलत कार्यमा कसैको सिफारीस नसुन्ने,कानुनले वर्जीत गरेका कार्यहरु गर्नेलाई बर्दास्त नगर्ने र कानुनको दायरामा ल्याएर उचीत दण्ड दिलाउने बानीले अहिले उनलाई सिंघमको रुपमा चर्चा गर्न थालीएको छ ।

निडर र शाहसी प्रहरी निरिक्षक कुशवाहाको कार्य शैली प्रती उनका हाकीमहरुले समेत प्रशंसा गर्ने गरेका छन । आफना एरीया क्षेत्रमा नियमीत कडा निगरानी एवम गस्तीले समाजमा शान्ती सुरक्षा कायम गर्नुका साथै अवैध कारोबारमा संलग्नलाई धमाधम पक्राउ गरेका छन ।

बुधबार मात्रै अवैध लागुऔषध ओनेरेक्श सहित एकजनालाई पक्राउ गरेका छन । लागुऔषध सहित पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप—महानगरपालिका वडा नं १७, रामनगर बस्ने ४५ वर्षीय तारा बहादुर भुजेल र सोही ठाउका ४० वर्षीय टिकाराम सार्की रहेका छन ।

नियमीत गस्तीका क्रममा रहेका प्रहरी निरीक्षक कुशवाहाको नेतृत्वमा रहेको टोलीले हेटौंडा १५ रातोमाटे चुरियामाई पिपल चौतारामा वीरगंज बाट हेटौंडा तर्फ आउदै गरेको ना १४ प ३२४५ नम्बरको मोटरसाईकलमा चेकजाच गर्ने क्रममा मोटरसाईकमा सवार भुजेलले झोलामा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध वोनेरेक्स १०० बोतल फेला परेको थियो ।

लागुऔषध सहित पक्राउ परेका दुवैजनालाई आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको प्रहरी निरिक्षक कुशवाहाले जानकारी दिनु भयो ।