गाँजा ओसार्दै गरेको अवस्थामा एसपीको छापा,गाँजा सहित चारजना पक्राउ

वीरगञ्ज,०२ साउन । अवैध लागुऔषध गाँजा सहित पर्सा प्रहरीले वीरगञ्जबाट चार जनालाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट भारत तर्फ लागुऔषध गाँजा लगीहरेको अवस्थामा १ सय २० केजी लागुऔषध गाँजा, भारतीय नम्बरको कार र मोटरसाईकल सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही जिल्ला लालबन्दी नगरपालीका वडा नम्बर १७ बस्ने वर्ष २१ को रमेश लामीछाने, पर्सा जिल्ला पटेर्वासुगौली गाउपालीका वडा नम्बर ४ बस्ने वर्ष ४२ को प्रेम दास,जिल्ला पर्सा सखुवाप्रसौनी गाउपालीका वडा नम्बर ६ बस्ने वर्ष ३५ को राजेश खवास र जिल्ला सर्लाही नगरपालीका वडा नम्बर १७ बस्ने वर्ष २० को डम्मर मणी घिमिरे रहेका छन ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौर नेतृत्वको टोलीले वीरगञ्ज महानगरपालीका वडा नम्बर २८ बगहीबाट लागुऔषध गाँजा ओसार पसार हुदैछ भन्ने विषेश सुचनाका आधारमा बगहीबाट भारत तर्फ लगीरहेको अवस्थामा बीआर ०१ डीबी ०००३ नम्बरको भारतीय कारको डिक्कीमा लुकाई छिपाई राखीएको १ सय २० किल्लो लागुऔषध गाँजा बरामद भएको पर्साका प्रहरी उपरिक्षक राठौरले जानकारी दिनु भयो ।

कारलाई सर्कटिंग गरिरहेको ना २४ प ८७६४ मोटरसाईकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुशनधान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

error: Content is protected !!