शसस्त्र प्रहरीको कडा निगरानी,लागुऔषध सहित एक पक्राउ

वीरगञ्ज,साउन ०१ । शसस्त्र प्रहरीको वीरगञ्ज भन्सार राजश्व गस्ती टोलीले प्रतिबन्धीत लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालीका वडा नम्बर २६ बस्ने वर्ष ३७ को राजु सिटौला रहेका छन ।

शसस्त्र प्रहरीले उनको साथबाट प्रतिबन्धीत लागुऔषध डाइजोल्याब १५ पीस,नुर्फीन १५ पीस र फेनार्गन १५ पीस बरामद गरेको शसस्त्र प्रहरी भन्सार राजश्व सुरक्षा गुल्मका प्रमुख शसस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जानकारी दिनु भयो ।

शसस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर पर्सा नम्बर १४ गुल्म वीरगञ्ज भन्सारबाट नियमीत डिउटीमा भन्सार अगाडी खटिएका शसस्त्र प्रहरीले चेकजाचका क्रममा सिमावर्ती भारतीय शहर रक्शौलबाट वीरगञ्ज तर्फ आउदै गरेका सापकोटामाथी शंका लागी चेकजाच गर्दा शरिर भित्र लुकाई छिपाई राखेको अवस्थामा ४५ पीस लागुऔषध एम्पुल बरामद गरिएको शसस्त्र प्रहरी नायव उपरिक्षक खडकाले बताउनु भयो ।

लागुऔषध सहित पक्राउ परेका सापकोटालाई थप आवश्यक कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!