बमबमको घरमा भिषण चोरी

बीरगन्ज,०१ सावन । बीरगन्ज वडा न ३ का पुर्व अध्यक्ष शुशिल कण्ठ उर्फ बमबमको घरमा गएराती भिषण चोरी भएको छ ।

घरपरिवारको सबै सदस्यहरु बाहिर गएको मौका छोपी गएराती घरका सबै कोठाबाट ताल्चा तोडि लाखौ रुपियाँ बराबरको सम्पुर्ण गरगहना , टेलीभिजन सेट, मोवाइल, टेव , लत्ताकपडा, ग्यास सिलिण्डर र सरसमानहरु चोरेर लगेका छन ।

घरको फ्रीजमा रहेको ४ बोतल बियर समेत पिएका चोरले समान लग्न नारायणी अस्पताल नजिक बाट रिक्सा चोरीगरी चोरीको समान रिक्सामा लगेका थिए । रिक्सा मालपोत गल्ली नजिक बेवारिस अवस्थामा रहेको थियो ।

घटना पछि बिहान छिमेकीले चोरी भएको थाह पाए पछि प्रहरीलाइ खवर गरेको थियो । प्रहरीले चोर गिरोहले ठुलो परिणाममा चोरी गरेको बताउदै अनुसन्धान सुरु गरी चोरहरुको खोजतलास सुरु गरेको जनाएको छ ।

घरपट्टी शुशिल कण्ठ उर्फ बमबमले आफुहरु झुमका आएको बेला चोरी भएको जानकारी प्राप्त भएपनि के के समान चोरी भएको आज साझ सम्म बीरगन्ज पुगेपछि मात्र भन्न सक्ने बताएका छन ।

error: Content is protected !!