सांसद यादवले आफनो एक महिनाको तबल बाढी पिडीतका लागी दिए

वीरगन्ज ३१ असार । समाजबादी पार्टी नेपालका युवा नेता एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदीप यादवले आफनो एक महिनाको तलब पर्साका बाढी पिडीतलाई दिएका छन ।

आज एक कार्यक्रमका विच जिल्ला बिपत्त व्यवस्थापन समितिका अध्यक्ष एवम पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई सांसद यादवले आफुले घोषणा गरेको एक महिनाको तलब हस्तांतरण गरेका हुन ।

लगातारको अविरल वर्षाका कारण पर्सा लगायत पुरै देशमा भएको ठुलो जनधनको क्षती प्रती गहिरो दुख व्यक्त गर्दै सांसद यादवले आफनो एक महिनाको तलब बराबरको रकम ५५ हजार २ सय तिस रुपैयाको चेक हस्तान्तरण गर्नु भयो ।

यस प्राकृतीक विपदाको घडीमा सबै सहयोगी हाथहरुलाई पनि बाढी पिडीतहरुको लागी आ—आफनो ठाउहरुबाट झन सहयोग गर्न आग्रह समेत गरेका छन ।

आफनो धन माल सबै गुमाई सकेका बाढी पिडीतहरुलाई अहिले तत्काल राहतको आवश्यक्ता रहेकोले स्थानीय सरकार,प्रदेश सरकार र संघिय सरकारले पनि यथा सिर्घ राहतको व्यवस्था गर्न समेत सम्बन्धीत निकायको ध्यानाकषर्ण गराएका छन ।

error: Content is protected !!