सिर्सीया नदीको बाढीले बगाएका तुराहाको शव भेटियो

बीरगञ्ज, ३० असार । बाढीले बगाएर हिजोदेखि हराइरहेका वीरगञ्ज खल्वा टोलका दुर्गा साह तुराहा मृत अवस्थामा फेला परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ खल्वाटोला सिर्सियाका ५० वर्षीय तुराहालाई सिर्सीया नदीमा आएको बाढीले आइतबार साँझ बगाएको थियो ।

घर नजिकैको धारामा पानी लिन गएका तुराहा चिप्लिएर सिर्सिया खोलामा खसेका थिए । उनको घर सिर्सिया खोला किनारमै छ ।

बाढीले बगाएलगत्तैबाट नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा खोजी सुरु गरिएको भए पनि सोमबार विहान वीरगञ्ज महानगरपालिका १ छपकैयाँ स्थित भकुवा नजिक सिर्सिया खोलामा तुराहाको शव फेला परेको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट सिर्सीयाका प्रमुख शसस्त्र प्रहरी निरीक्षक जीवनबहादुर मल्लले जानकारी दिनुभयो ।

तुराहाको शव पोष्ट मार्टमको लागी नारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!