पर्सामा बाढीको कहर, प्रशासनद्वारा प्रभावितको उद्धार

वीरगञ्ज,२८ असार । वीरगञ्ज महानगरमा बाढीको कहरले जनजिवन नराम्रो संग प्रभावित भएको छ । सिर्सिया नदीको जलस्तर एक्काशी बढेको कारण शनिवार फेरी एक बालकलाई बाढीले बगाएको छ ।

महानगरको वडा नम्बर १८ रमगढवामा कक्षा १० मा अध्यनरत १६ वर्षिय अनुज पटेललाई बाढीले बगाएको हो । बीरगन्जको तेजारथ टोलमा बसने अनुज नदीको जल स्तर बढेपछि बाढी हेर्नगएको र सेल्फी लिनेक्रममा पानीमा खस्दा उनलाई तिब्रवेगको बाढीले बगाएको थियो ।

बालकलाई खोजतलास गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको पौडीबाज टोलीले खोजतलास गरेपनि नभेटिएको स्थानिय प्रशासनले जनाएको छ । यो संगै पर्सामा बाढीले बगाएको बालकको संख्या दुई पुगेको छ । शुक्रवार पर्सागढी नगरपालिकामा १२ वर्षिय निखिल पटेललाई बाढी बगाउदा मृत्यु भएको थियो ।

बीरगन्ज महानगरको अधिकांश ठाउ पानीले भरिएको छ । प्रमुख व्यवपारिक केन्द्र आदर्शनगर (ग्रीनसिटी ) तालमा परिणत भएको छ । एडीभी परियोजनाको ५ अर्बको लगानीमा नाला र ढल निकासको कार्यभएपनि आदर्शनगरमा पानी निकासी हुन सकेको छैन ।

त्यसैगरि छपकैया, राधेमाई, रमगढवा , रानीघाट लगायतका ठाउमा घरमा फसेका प्रभावितलाई सुरक्षीत स्थानमा पुर्याइएको छ । राधेमाई र रमगढवाका पिडितलाई सशस्त्रप्रहरीको टोलीले नावबाट उद्धारगरि राधेमाई प्रावि विधालयमा राखिएको वडा नम्बर १३ का अध्यक्ष तुफान अंसारीले बताउनु भयो ।

बाढीका कारण आसिपीबाट माल समानको ढुवानी ठप्प हुन पुगेको छ । आईसिपी , ड्राइपोर्ट र बीरगन्ज जोडने मुख्य मार्गमा रमगढवा नजिकै रहेको कलर्भट सिर्सिया खोलाको पानीले बगाउदा आवागमन ढप्प भएको हो । शनिवार विहान देखी आईसिपी र ड्राइपोर्टबाट आयात निर्यात समेत ढप्प भएको छ ।

बाढीको कारण बीरगन्ज संग पर्साको ग्रामिण भेग सडक सम्पर्क भंग भएको छ । बाढीले माछा पालक कृषकलाई करौडोको क्षती पुयाएको छ । पर्साको छिपहरमाई , कालिकामाई , पकहा मैनपुर, जगर्नाथपुर र पर्टेवा सुगौली गाउपालिकामा रहेका पोखरिमा बाढीको पानी प्रवेश गरेकोले माछा बगेको कृषकले बनाएका छन् ।

पर्साको कालिकामाई ५ बीरन्चीवर्वा , सेमरा टोलमा बच्चन राउत कुर्मीको १ विग्गाको पोखरिमारहेको करिब ९ लाख बराबरकोभूरा बाढीले बगाएको कुर्मीले जनाएका छन् । प्रभावितहरुको बचावकोलागि स्थानिय तह र प्रशासन संयुक्त रुपमा बचाव कार्यमा जुटेको छ ।

error: Content is protected !!