बाढीबाट बचाउन गाउ गाउमा उद्धार टोली खटाउन प्रजिअलाई सांसद यादवको निर्देशन

वीरगञ्ज,२७ असार ।समाजवादी पार्टी नेपालका युवा नेता एवम संघिय सांसद प्रदिप यादवले लगातार भइरहेको वर्षाका कारण हुन सक्ने क्षतीलाई कम गर्न गाउ गाउमा उद्धार टोली खटाउन पर्साका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भएको छ ।

लगातारको वर्षाले पर्साको सिर्सीया,तिलावे,सिक्टा,भेडाहा लगाएतका नदीहरुको जलस्तर बढदै गएकोले बाढीबाट हुन सक्ने क्षतीलाई कम गर्न यथा सिघ्र उद्धार टोली खटाउन सांसद यादवले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराईलाई निर्देशन दिएको बताउनु भयो ।

पुर्व सावधानी न अपनाउदा हरेक वर्ष वर्षायाममा बाढीबाट तराईका जिल्लाहरुमा हुने ठुलो जन धनको क्षतीबाट जोगाउन समयमै उद्धार टोली खटाएर अलर्ट अवस्थामा राख्न प्रजिअलाई निर्देशन दिएको सांसद यादवले बताउनु भयो ।

error: Content is protected !!