बाढी बाट बच्दै एक अर्काको सहयोगी हाथ बन्न सांसद यादवको अपिल

वीरगञ्ज,२७ असार । समाजवादी पार्टी नेपालका युवा नेता एवम संघिय सांसद प्रदिप यादवले बाढी बाट बच्दै एक अर्कालाई सहयोग गर्न आग्रह गर्नु भएको छ ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै सांसद यादवले लगातार भइरहेको बर्षाका कारण जनजीवन प्रभावित भएको छ । मधेसका अधिकांश जिल्लाहरु डुवानको खतरामा रहेका छन र सबै नदीहरुले आफ्नो रेखा नाघी सकेका छन ।

त्यसै गरि लालबकैया,बागमती,गण्डक लगाएतका नदीहरुमा आएको बाढीको कारण पुर्वी मधेशका अधिकांश जिल्लाका गाउहरु डुबानको चपेटामा परेका छन ।

यसैगरी पर्साको सिर्सिया, तिलावे ,सिकटा , भेडाहा लगायतको नदीहरुको जल बहावको स्तर लगातारको वर्षाले बढदै गएको छ । बढदै गएको जलस्तरले पर्सा जिल्ला लगायत मध्य मधेशको जिवन स्तर कष्टकर बन्नुको साथै त्रास सिर्जना गरेको छ ।

यस प्राकृतीक विपदाकोे घडिमा सम्पुर्ण जन समुदायलाई सतर्क रहन र एक अर्काको लागी सहयोगी हाथ बनि दिनुहुन हार्दिक अपील गर्दछु प्रेस विज्ञप्तीमा भनिएको छ ।

यसै साथ समाजवादी पार्टीका कार्यकर्ता एवम युवा तथा समाजसेवी समुदायमा राहत र उद्दारको लागि तयारी अवस्थामा बस्न अनुरोध गर्दछु साथै केन्द्र सरकार , प्रदेश सरकार र स्थानीय सरकार (पालिका) लगायत सम्पुर्ण सुरक्षा निकायलाई यस चुनौती पुर्ण घड़ीमा जन धनको छती जोगाउन आवश्यक कदम चालन र सम्बन्धित निकायलाई निर्दे्शीत गरी परिचालन गर्न आग्रह गर्दछु प्रेस विज्ञप्तीमा उल्लेख छ ।

error: Content is protected !!