शुशिल बनस्पती घिउ उद्योगमा आगलागी,करोडौको क्षती

वीरगञ्ज,२१ असार । बीरगञ्ज पथ्लैया औद्योगीक करिडोरको परवानीपुरमा रहेको शुशिल बनस्पती घिउ उद्योगमा भिषण आगलागी भएको छ ।

शनिबार बिहान २ बजे देखी उद्योगमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भईरहेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले जानकारी दिनु भयो ।

आगो नियन्त्रणमा लिन बीरगंज महानगरपालीकाको २ वटा, जितपुर–सिमरा उप महानगरपालीको, कलैया उप महानगरपालीका,पोखरीया नगरपालीका, नेपाल आयल निगम लगायतका ७ वटा दमकलबाट आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, उद्योगका मजदु्र र स्थानिय बासिन्दा समेतको प्रयासमा आगो नियन्त्रणमा लिने कार्य भईरहेको पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।

घिउ उद्योगको एउटा ब्लक पुर्णरुपमा नष्ट भएको र आगलागीबाट करोडौंको क्षति भएको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताउनु भयो ।

घिउ उद्योग भएकाले उद्योगबाट उत्पादीत घिउ भण्डारण गरिएको गोदाम सहित कारखाना पुर्णरुपमा जलेर नष्ट भएको भट्टराईले बताउनु भयो ।

error: Content is protected !!