देश र समाजको विकाशको मुद्धामा संसदमा बोल्न निडर र स्पस्ट प्रस्तुती जरुरी-सांसद यादव

वीरगञ्ज,१५ असार । समाजवादी पार्टी नेपालका युवा नेता एवम संघिय सांसद प्रदिप यादवले देश र समाजको विकाशको मुद्धाहरुमा संसदमा बोल्न निडर र स्पस्ट प्रस्तुती जरुरी रहेको बताउनु भएको छ ।

समृद्ध नेपालका लागी स्वस्थ,कर्मठ र उद्यमी युवा मुल नारा सहित वीरगञ्ज महानगरपालिकामा प्रथम पटक महानगर स्तरीय नमुना युवा संसदको अभ्यास सम्बन्धि ४ दिवसीय कार्यक्रम अन्तर्गत आज तेश्रो दिनको कार्यक्रममा बोल्दै सांसद यादवले यस्तो बताउनु भयो ।

सांसद यादवले संसदीय व्यवस्थाका बारेमा सहभागी विधार्थीहरुलाई जानकारी समेत गराउनु भएको थियो । संसदीय व्यवस्थाले निति निर्माण गर्ने हो सांसद यादवले भने संसद क्षेत्र कै मात्र न भई पुरा देशको समस्या संग अवगत हुनु पर्ने बताउनु भयो ।

संसदीय व्यवस्थामा सांसदले देश , नगर , र स्थानीय समस्यालाई संसद भित्र मर्यादीत भई आफ्नो कुरा राख्न सक्ने छ सांसद यादवले विधार्थीहरुलाई भने । नमुना युवा संसदको अभयास सम्बन्धि ४ दिने कार्यक्रममा ६४ जना छात्रछात्राहरुले भाग लिएका छन् ।

भाग लिएका छात्रछात्राहरुले संसदिय पक्ष दलबाट नमुना संसदको रुपमा चुनिने क्रममा प्रधानमन्त्री , गृहमन्त्री, सभापति, लगायत अन्य मन्त्रीहरुको पदभारको नमुना प्रस्तुती गरेका थिए । प्रस्तुतीको क्रममा विपक्षी दलबाट विरोध समेत जनाउने यस तालिममा सिखाईने छ ।

विरगंज महानगरपालिकाको आयोजनामा भएको ४ दिवसीय कार्यक्रममा व्यवस्थापन र सहजीकरण, जिल्ला युवा समिती पर्सा विरगंजका अध्यक्ष सन्तोष गुप्ताले गर्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का केन्द्रिय सदस्य सैलेन्द्र चौधरी लगाएत विधार्थीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

error: Content is protected !!