नेशनल मेडिकलको सराहनीय कार्य,औषधि र शल्य क्रियामा ५० प्रतिसत छुट

वीरगंज । नेशनल मेडिकल कलेज वीरगञ्जले आम जनताको समस्याहरुलाई ध्यानमा राख्दै औषधी खरिद तथा शल्य क्रिया गर्दा लाग्ने खर्चमा सहुलियत उपलब्द्ध गराउने भएको छ ।

नेशनल मेडिकल कलेजले विरामीहरुको सुविधाको लागि बजार भन्दा औषधीको मुल्यमा २५ प्रतिशत कममा दिने र अप्रेशनको लागि प्याकेज सुविधा लिएमा कुनै चिजको पछि पैसा नतिर्नु पर्ने कार्यको थालनी गरेको छ ।

कलेजले बिरामीहरुको समस्यालाई महसुस गर्दे अस्पतालको आफ्नै औषधीको फार्मेसी सुरु गरिएको पत्रकार सम्मेलनमा नेशनल मेडिकल कलेजका अध्यक्ष डा.जैनुद्दीन अनसारीले बताउनु भयो ।

औषधी कम्पनी संग सिधा सम्पर्क गरी सुपथ मुल्यमा औषधी खरीद गरी बजारमा विक्री हुने औषधीको लगभग २५ प्रतिशत कम मुल्यमा उपलब्ध गराउन सक्षम भएको र सर्जरी सामानहरु करीब हाल बजारमा पाउने मुल्य भन्दा ५० प्रतिशत कममा उपलब्ध गराउन सकिने अस्पतालका निर्देशक आबिद अंसारीले बताउनु भयो ।

यो सुबिधामा अप्रेशन (शल्य क्रिया) गर्दा बिरामीको धेरै नै सुलभ र सस्तो मुल्यमा औषधी प्राप्त गर्न सकिने भएको छ । यस अस्पतालले प्याकेजमा अप्रेशनहरुको ब्यबस्था गरेको छ । जुन बाहिरका अस्पताल भन्दा धेरै नै सस्तो हुने छ ।

अस्पतालले सबै स्वास्थ्य सेवाहरु जस्तै शल्यक्रिया ,एन्जीयोग्राफी हेमोडायलेसिस ,न्यूरो सर्जरी ,यूरो सर्जरी, प्लास्टिक सर्जरी, कार्डियो भ्यास्कुलर सर्जरी, समेत सेवा नेपाल सरकारले दिने सेवा सरह शुल्कमा यस अस्पतालले सेवा प्रदान गर्दै आएको अस्पतालकी निर्देशक शहनवाज अंसारीले जानकारी दिइन ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!