दुर्घटना न्युनिकरण गर्न सबै सचेत हुन आवश्यक -सरोकारवाला

वीरगञ्ज,१३ असार । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दुर्घटना न्युनिकरण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ ।

प्रदेश नम्बर २ ट्राफीक प्रहरी कार्यालय पथ्लैया बाराले आज वीरगञ्जमा आयोजना गरेको सडक सभ्यता अभिबृद्धी एवम सवारी दुर्घटना न्युनिकरणमा समुदाय प्रहरी साझेदारी सम्बन्धी एक दिवसीय ट्राफीक प्रहरी तथा सरोकारवालाहरुको सम्मेलनमा बोल्दै मुख्यमन्त्री राउतले ट्राफीक नियम पालना गर्ने सवालमा हामी तपाई सभ्य र सचेत भयौ भने धेरै हद सम्म दुर्घटना न्युनिकरण गर्न सकिने बताउनु भयो ।

ट्राफीक प्रहरी अहिले पनि पुरानै परम्परा शैलीमा चेकजाच गर्ने गरेको बताउदै मुख्यमन्त्री राउतले अहिले प्रविधियुक्त जमानामा ट्राफीक प्रहरी पनि प्रविधियुक्त हुन सुझाव दिनु भयो ।

ट्राफीक प्रहरीको सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको बताउनु भयो । प्रदेश नम्बर २ का आन्तरिक मामीला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सडक मैत्री कानुन नभएकाले सडक दुर्घटनामा बृद्धी भइरहेको बताउनु भयो । सडक सुरक्षालाई प्रभावकारी बनाउन प्रदेश सरकारले सडक मैत्री कानुन बनाउन लागेको जानकारी दिनु भयो ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक डिआइजी प्रधुम्न कार्कीले सभ्यताले नै सचेतना जगाउने भएकाले हामी सबै पहिला आफै परिवर्तन हुन जरुरी रहेको बताउनु भयो ।

ट्राफीक नियम केवल ट्राफीकका लागी मात्र हैन यो हामी सबैको लागी हो भन्ने बुझेर मन बचन र कर्मले छातीमा हाथ राखेर ट्राफीक नियमको पालना गरिदिन आग्रह गर्नु भयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटराई,वीरगंज महानगरका मेयर विजय सरावगी लगाएतले ट्राफीक सचेतना बारे आफनो धारणा राखेका थिए ।

कार्यक्रममा प्रदेश नम्बर २ ट्राफीक प्रहरी कार्यालय पथ्लैयाका प्रमुख प्रहरी उपरिक्षक योग बहादुर पालले ट्राफीक जनचेतनाका बारेमा प्रकाश पारेका थिए ।

error: Content is protected !!