थारू भएकै कारण सांसद रेशम चौधरी जेलमा छन : सांसद प्रदिप यादव

वीरगञ्ज,०८ असार । समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले थारु भएकै कारण राज्यले राजपाका सांसद रेशम चौधरीलाई जेल पठाएको आरोप लगाउनु भएको छ ।

संघिय संसदमा बोल्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद यादवले राज्य संग आफनो अधिकारका लागी राजनितिक आन्दोलनमा लागेका सांसद चौधरीलाई हत्या आरोपमा जेल पठाउनु अन्याय पुर्ण रहेको बताउनु भयो ।

सांसद यादवले भने सभामुख महोदय यदी रेशमको थर थारु नभएको भए आज उनी हामी संग संसदमा हुन्थे तर मधेशी र थारु भएको कारण उनलाई सरकारले जेलमा पठाएको छ ।

रेशम चौधरीलाई आफुले नजिकबाट चिनेको बताउदै सांसद यादवले भने रेशम चौधरीले कसैमाथी गोली चलाएका छैनन कसैको हत्या गरेका छैनन उनी सच्चा राष्ट्रवादी हुन राजनितिक बन्दी भएकोले त्यस्ता योद्धालाई सरकारले अविलम्ब रिहा गर्नु पर्ने सभामुखको ध्यानाकर्षण गराउनु भयो ।

बिसौ हजार जनता मार्नेहरु आज सत्तामा छन मन्त्री बनेर सरकारी गाडीमा झन्डा हलाउदै सयर गर्दै छन सांसद यादवले भने तर थारु मधेशीले आफनो अधिकारको लडाई गर्दा हत्या आरोपमा जेल जानु पर्ने अवस्था छ सभामुख महोदय ।

जेलमा सांसद चौधरीलाई यातना दिइरहेको बारे जानकारी गराउदै सांसद यादवले भने न यहाँ मानव अधिकार छ न यो देशमा सरकार छ अस्पतालमा उपचार गराउन आएका चौधरीलाई हाथमा हथ्कडी लगाइएको छ र खुटामा १४ किल्लोको सांग्लो लगाइएको प्रति कडा आपति जनाए ।

समाजवादी पार्टीका नेता एवम पुर्व प्रधानमन्त्री डा.बाबुराम भटराईले टवीट गरेर चौधरीलाई अस्पतालको सैयामा सांग्लो लगाइएको फोटो बाहीर ल्याएपछि सरकारको ध्यान गएको प्रति सांसद यादवले डा.भटराईलाई धन्यवाद व्यक्त समेत गर्नु भयो ।

error: Content is protected !!