विन्दबासिनी गाउपालीकामा सञ्चालीत तिन दिने पत्रकारीता तालीम सम्पन्न

वीरगञ्ज,०६ असार । पर्साको विन्दबासिनी गाउपालीकामा आयोजित तिन दिने पत्रकारीता तालिम शुक्रबार सम्पन्न भएको छ ।

विन्दबासिनी गाउपालीकाद्वारा आयोजित तिन दिने क्षमता अभिबृद्धि तथा आधारभुत पत्रकारिता तालिमको आज एक कार्यक्रमका विच समापन भएको हो ।

पत्रकारहरुलाई अझ जिम्मेवार बन्न र सशक्त पत्रकारीता गर्न प्रेरित गर्ने उदेश्यले गाउपालीकाको आयोजनामा पत्रकारहरुको लागी तालीमको आयोजना गरिएको विन्दबासिनि गाउपालीकाकी उपाध्यक्ष किरण देवी गुप्ताले बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले पत्रकारीता पेसालाई मर्यादित बनाउनुका साथै पत्रकारीता क्षेत्रमा नव प्रवेशीहरुलाई दक्ष बनाउन महासंघले पनि बेला बेलामा यस्ता तालीमको आयोजना गर्ने गरेको हुदा यस पटक गाउपालीकाले पत्रकारहरुलाई दक्ष बनाउन तालीमको आयोजना गरेको हुदा धन्यवादको पात्र रहेको धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा संघिय प्रेस फोरम प्रदेश नम्बर २ का उपाध्यक्ष विजय कुशवाहाले पत्रकारीता क्षेत्रमा केही विकृती देखीएकोले बेला बेलामा हुने यस्ता तालीमले पत्रकारहरुलाई जिम्मेवार बन्न अभिप्रेरित गर्ने बताउनु भयो ।

पत्रकारीता क्षेत्रमा देखीएको विकृती रोक्न सरकारले मिडीया काउन्सिल विधेयक लयाएको बताउदै उपाध्यक्ष कुशवाहाले भने हामी अहिले पनि सच्चीएनौ र जिम्मेवार पत्रकारीता गरेनौ भने राज्यले प्रेसलाई अंकुश लगाउदै जानेछ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य जगत रार्ई, पर्साका उपाध्यक्ष अनुप तिवारी,सचिव युवराज खडका लगाएतले मन्तव्य राखेका थिए ।

गाउपालीकाका प्रेस सल्लाहकार सञ्जीव मिश्राको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण मुकलेस गदीले गर्नु भएको थियो ।

error: Content is protected !!