मेयर सरावगी र सांसदको पहलमा पटेललाई उपचारको लागी राजधानी पठाइयो

वीरगन्ज । मधेश आन्दोलनका जीउदा शाहिद मुंसी पटेललाई थप उपचारको लागी बिहिबार दिउसो राजधानी  लगीएको छ ।

समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवको बिशेष पहल र बिरगंज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीको प्रत्यक्ष निगरानीमा जिउदो सहिद पटेललाई बिशेष उपचारको लागी काठमान्डौ ट्रमासेन्टमा लगीएको हो ।

बिहिबार बिहान नारायणी क्षेत्रीय अस्पताल पुगनु भएका नगर प्रमुख सरावगीले पटेलको स्वास्थ्य अवस्थाको जानकारी लिदै जिउदो सहिद पटेलको उपचारको लागी काठमान्डौ लैजान नगर प्रमुख सरावगीले आफै सबै व्यवस्थापन मिलाउनु भएको थियो ।

वीरगन्जबाट काठमान्डौ लैजानको लागी एमबुलेन्सको व्यवस्थापनसंगै पटेलका परिवारलाई आर्थिक सहयोग समेत नगर प्रमुख सरावगीले  गर्नुभएको थियो ।

अर्को तर्फ राजधानीको ट्रमासेन्टरमा विशेष उपचारको भर्ना लगायत सबै सुबिधाहरुको विशेष पहलमा सांसद प्रदिप यादवले व्यवस्थापन मिलाउनु  भएको छ ।

मधेस आन्दोलन संघीय समाजवादीपार्टीको नेतृत्वमा त्यति उचाइमा पुगेको बताउदै सांसद यादवले आफुहरु मधेस आन्दोलका सहिदलाई कहिले पनि बिर्सन नसक्ने बताउदै पटेलको  उपचारको लागी हदैसम्मको  व्यवस्थापन तथा पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

नगर प्रमुख सरावगीसंगै नारायणी अस्पताल पुगेका वडा सदस्य सुशिल साहकानु,नगर प्रमुख सरावगीका राजनैतिक सल्लाहकार मुकेश दिवेद्धी,लगायतको व्यक्तिहरुको उपस्थिती रहेको थियो  ।

error: Content is protected !!