धमाधम लागुऔषध पक्राउ गरेपछि तस्करमा प्रहरी निरिक्षक कुशवाहाको त्रास

वीरगञ्ज,०५ असार । प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाको सक्रियताले केही महिना यता धमाधम लागुऔषध कारोबारी देखी लिएर सुन तस्कर समेत पक्राउ पर्न थाले पछि पशुपतिनगर क्षेत्रमा अपराधीक गतिवीधी तथा लागुऔषध ओसार पसार गर्नेहरुमा त्रास पैदा भएको छ ।

प्रहरी निरिक्षक कुशवाहाको निरन्तर गस्ती एवम सक्रियताले केही महिना यता लागुऔषधको कारोबार गर्ने तथा सुन तस्करी गर्नेहरु धमाधम पक्राउ पर्न थालेका छन ।

विहिबार मात्रै हेटौडा उपमहानगरपालीका वडा नम्बर ९ स्थित पुर्व पश्चिम लोकमार्गबाट लागुऔषध गाँजा सहित ३ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा पर्सा पटेर्वासुगौली गाउपालीका वडा नम्बर १ बस्ने वर्ष ३२ को साम महमद , भारत बिहार बैसाली मोहनपुर चैदाबाद बस्ने वर्ष २४ को मनिष कुमार र भारत बिहार जिल्ला नालन्दा मगई नोगवा उमेदनगर बस्ने वर्ष ४५ की अन्नु देवी पासवान रहेका छन ।

पर्साका महमद कार चालक हुन भने अन्य दुईजना कारमा सवार रहेका थिए ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी निरिक्षक अरुण कुमार कुशवाहा नेतृत्वको टोलीले हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको विआर ०१ सिएन ६९८६ नम्बरको कार लाई लोकमार्गमा चेकजाचका क्रममा कारको डिकीमा फल्स बटम बनाई २४ वटा पलास्टिकले बेरीएको पोकामा लुकाई छिपाई ल्याएको ३७ किलो लागु औषध गाँजा फेला परेको प्रहरी निरिक्षक कुशवाहाले जानकारी दिनु भयो ।

थप आवश्यक कार्यवाहीका लागी लागुऔषध सहित तिनैजनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको प्रहरी निरिक्षक कुशवाहाले जानकारी दिनु भयो ।

कानुन विपरित गलत गतिविधि गर्नेलाई बर्दास्त नगर्ने र कानुनको पालना गर्नेलाई सदैव सहयोग गर्ने प्रहरी निरिक्षक कुशवाहाको बानी र काम गर्ने शैलीले अहिले उक्त क्षेत्रमा उनलाई जोकोहीले मन पराउने गरेका छन ।

error: Content is protected !!