सांसद यादवको विषेश पहलमा मधेश आन्दोलनका घाइते पटेलको उपचार ट्रमा सेन्टरमा हुने

वीरगञ्ज,०५ असार । समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवको विषेश पहलमा मधेश आन्दोलनका घाइते मन्सी पटेललाई थप उपचारको लागी काठमाण्डौ स्थित ट्रमा सेन्टरमा पठाइएको छ ।

मधेश आन्दोलनका घाइते वीरगंज महानगरपालीका वडा नम्बर २८ बगहीका मन्सी पटेललाई थप उपचारको लागी सांसद प्रदिप यादवको विषेश पहलमा काठमाण्डौको ट्रमा सेन्टरमा पठाइएको हो ।

नारायणी अस्पताल वीरगंजमा उपचारार्थ रहेका पटेललाई थप उपचारका लागी काठमाण्डौ जान डाक्टरहरुले दिएको सल्लाह बमोजिम काठमाण्डौ स्थित ट्रमा सेन्टरमा सांसद यादवको विषेश पहलमा आजै पठाइएको सांसद यादवका स्वकिय सचिव निखिल बर्णवालले बताउनु भयो ।

नारायणी अस्पतालमा पनि सांसद यादवकै निगरानीमा पटेलको उपचार भइरहेकोमा यहाँ उनको उपचार हुन नसकेपछि थप उपचारको लागी काठमाण्डौ पठाइएको हो ।

मधेश आन्दोलनको बलमा आएको परिवर्तनलाई संस्थागत गर्न पनि मधेश आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारमा कुनै कञ्जुस्याई हुन नदिने अठोट लिएको सांसद यादवले बताउनु भयो ।

सांसद यादवकै विषेश पहलमा ट्रमा सेन्टरमा हुने पटेलको सम्पुर्ण उपचार खर्चको व्यवस्था मिलाइएको छ ।

यसमा तपाईंको प्रतिक्रिया:

अाफ्नाे प्रतिक्रिया लेख्न यहाँ क्लीक गर्नुहाेस्

error: Content is protected !!