सशस्त्र प्रहरीद्वारा प्रतिबंधित लागुऔषध सहित एक पक्राउ

बीरगञ्ज ३ असार । सशस्त्र प्रहरीले बीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित रजतजयन्ती चौक बाट प्रतिबन्धीत लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मबाट खटिएको डिउटी टोलीले चेकजाचका क्रममा ६ सय पिस प्रतिबंधित लागुऔषध सहित एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत पुर्वी चम्पारण बस्ने बर्ष १८ का राजु गुप्ता रहेका छन ।

सीमावर्ती भारतीय शहर रक्शौलबाट बीरगञ्ज तर्फ आउदै गरेको गुप्तामाथी शंका लागी चेकजाच गर्दा झोलामा माथी लेहंगा शारी र तल प्रतीबन्धीत लागुऔषध राखीएको भेटिएपछी नियंत्रणमा लिईएको सशस्त्र प्रहरी नायव उपरीक्षक तिलक बहादुर खडकाले बताउनु भयो ।

लेहंगा हटाएर झोला भित्र हेर्दा प्रतिबंधित लागुऔषध डाईजोल्याव २ सय पिस, नुर्फिन २ सय पिस र फेनारगन २ सय पिस गरी ६ सय पिस रबरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक खडकाले जानकारी दिनु भयो ।

लागुऔषध सहित पक्राउ परेका गुप्तालाई थप आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

error: Content is protected !!