प्रहरी निरिक्षक कुशवाहाको सक्रियता,५४ किल्लो गाँजा सहित २ पक्राउ

वीरगञ्ज,३१ जेष्ठ । मकवानपुर हेटौडा उप महानगरपालीका वडा नम्बर १५ स्थित पुर्व पश्चिम लोकमार्गबाट प्रहरीले ५४ किल्लो लागुऔषध गाँजा र ट्रक सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्रकका चालक जिल्ला बारा सिमरा उपमहानगरपालीका २ बस्ने वर्ष २८ को रोहित श्रेष्ठ र भारत विहार रक्सौल बस्ने वर्ष ४४ को संजय महतो रहेका छन ।

इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाको नेतृत्वमा रहेको प्रहरी टोलीले चेकजाचका क्रममा ट्रकमा लुकाई छिपाई राखिएको लागुऔषध सहित २ जनालाई पक्राउ गरेको हो ।

पुर्व पश्चिम लोक मार्गमा चेकजाँचको क्रममा हेटौडाबाट पथलैया तर्फ जाँदै गरेको ना ३ ख ५३४० नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा सो ट्रकको अगाडी पट्टिको सिलिङमा फल्स बटम बनाई दुई वटा बोरा भित्र २७ वटा पलास्टिकले बेरीएको पोकामा लुकाई छिपाई ल्याएको ५४ किलो लागु औषध गाँजा बरामद गरिएको प्रहरी निरिक्षक कुशवाहाले बताउनु भयो ।

ट्रकबाट लागुऔषध गाँजा बरामद भएपछि ट्रक चालक र ट्रकमा सवार दुवैजनालाई नियन्त्रमा लिइएको प्रहरी निरिक्षक कुशवाहाले बताउनु भयो ।

लागुऔषध गाँजा सहित पक्राउ परेको ट्रक र मानीसलाई समेत थप आवश्यक अनुशनधान एवम कार्यवाहीका लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाइएको प्रहरी निरिक्षक कुशवाहाले जानकारी दिनु भयो ।

error: Content is protected !!