वातावरण संरक्षण गर्ने उद्देश्यले चित्र मार्फत समाजमा सचेतना जगाउदै गौतम मावीका विधार्थीहरू

बीरगञ्ज । वातावरणलाई प्रत्यक्ष प्रभाव पारी रहेका विभिन्न विषय वस्तुलाई आधार बनाएर जनमानसमा सचेतना जगाउन गौतम माध्यमिक विधालयका विधार्थीहरूले चित्र बनाएका छन ।

विधालयमा अध्यनरत कक्षा ७,८,९ र १० का विधार्थीहरूले एक हप्ता लगाएर आफनो कलाकृति प्रस्तुत गर्दै चित्र मार्फत समाजलाई नयाँ बाटो देखाउन प्रयास गरेका हुन ।

विधार्थीहरूले १६ वटा समुह बनाएर वातावरणलाई प्रभाव पार्ने खालका र वातावरणलाई जोगाउन गर्न सकिने कार्यहरुलाई चित्र मार्फत देखाउन खोजिएको छ ।

विधार्थीहरूले बनाएको चित्रहरूको एक कार्यक्रमका विच कलाकृतिमा विषेश अनुभव भएका संगिता लाखोटिया, रशमी अग्रवाल, मुकेश महतो,श्री आर्यन र आधारभूत प्रावी लक्ष्मीपुर पर्सागढीका प्रधानाध्यापक द्वारिका प्रसाद उपाध्याय लगाएतले अवलोकन गरेका थिए ।

अवलोकन पछी निर्णायक मण्डलको भूमिका निभाउदै अतिथिहरू द्वारा उत्कृष्ट चित्र बनाउने विधार्थीहरूलाई सम्मान गर्नुका साथै पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रममा स्कूल व्यवस्थापन समितिका सदस्यहरू रमेश शर्मा, गणेश क्षेत्री,ललित कर्ण,एवलीन रेन्जर लगाएत विधालयका शिक्षक एवम शिक्षिकाहरूको उपस्थिति रहेको थियो ।

error: Content is protected !!