मन्त्री बेलगाम भए,लोक सेवा आयोगको विज्ञापन रद्द गर्नुको विकल्प छैन : सांसद यादव

वीरगञ्ज,३० जेष्ठ । समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य सांसद प्रदिप यादवले लोक सेवा आयोगले निकालेको विज्ञापन असमावेशी र विभेदकारी भएकाले विज्ञापनलाई रद्द गर्नुको विकल्प नरहेको बताउनु भएको छ ।

विहिवार संसदको विषेश समयमा बोल्दै सांसद यादवले संघियताको मर्म भावना विपरित तथा समानुपातिक समावेशीको सिद्धान्त विपरित विभेदकारी तवरले लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न सभामुखलाई ध्यानाकर्षण गराउनु भयो ।

लोक सेवा आयोगले जुन प्रकारले संघियताको मर्म भावना विपरित नेपालको संविधानको २०७ को धारा ३८ ९४० ४० ९१० ४२ ९१० र धारा २८५ ले प्रत्याभुत गरेको महिला,दलित,मधेशी,थारु,जनजाती,मुस्लीम र पिछडावर्ग समेतले राज्यको निकायहरुमा समानुपातिक हुन पाउने मौलिक हकको अघात पारेको बताउनु भयो ।

सांसद यादवले भने रक्षक नै भक्षक भएपछि यो देशको लोकतन्त्र खतरामा पर्न सक्ने बताउदै देशबाट लोकतन्त्र जान सक्छ अधिनायकवाद आउन सक्छ ।

राज्य व्यवस्था समितीले लोक सेवा आयोगलाई विज्ञापन रद्द गर्न निर्देशन दिसके पनि त्यो निर्देशनको पालना गर्नुको साटो लोक सेवा आयोगका केही कमर्मचारी र साईकल मन्त्रीको रुपमा उप्मा पाएका संघिय मामीला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विना लगामको घोडा जस्तो मिडीयामा संविधान विपरित अभिव्यक्ती दिराख्नु भएछ त्यसमाथी लगाम लगाउनु पर्ने बताउनु भयो ।

मन्त्रीले दिएको अभिव्यक्ती संसदीय मर्यादाको खिलाफ भएको बताउदै त्यस्ता अभिव्यक्ती माथी लगाम लगाउन आवश्यक रहेको सभामुखलाई ध्यानाकर्षण गराउनु भयो ।

राज्य व्यवस्था समीतीको निर्णय सम्पुर्ण जन्ताको हकममा भएको बताउदै यदी राज्य व्यवस्था समितीको निर्णय पालना भएन भने नभोली कसैले संसदलाई विश्वास गर्छ न कसैले सभामुखलाई त्यसकारण राज्य व्यवस्था समितीले गरेको निर्णयलाई तत्काल कार्यानव्यन गरी लोक सेवा आयोगले निकालेको विज्ञापन रद्द गर्ने तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद यादवले लोक सेवा आयोगको विभेदकारी विज्ञापनलाई केही दिन अगाडी राज्य व्यवस्था तथा सुशासन समितीले रद्द गर्ने निर्णय गरेको छ उक्त निर्णय लोकतन्त्र,संघियता,समानुपातिक समावेशी सिद्धान्तको रक्षागर्नको लागी भएकोले यस्तो साहसीक निर्णय गर्ने राज्य व्यवस्था समितीको कदमलाई स्वागत गर्नु भयो ।

error: Content is protected !!